Rule 56
बढुवा सम्बन्धी कागजात धुल्याउन सकिने
: बढुवा सम्बन्धी सम्पूर्ण प्रकृया पूरा भएको तीन वर्ष पछि बढुवा सिफारिसको निर्णय बाहेकका अन्य बढुवा सम्बन्धी कागजातहरु धुल्याउन सकिनेछ ।
तर कुनै बढुवाको सम्बन्धमा परेको उजुरीमा अन्तिम निर्णय नभएसम्म त्यस्ता कागजातहरु सुरक्षित राख्नु पर्नेछ ।
स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि “उजुरी” भन्नाले बढुवाको निर्णय उपर दिएको रिट निवेदन समेतलाई जनाउँछ ।